कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी फुटाउन भूमिका खेलेको आरोप

कान्तिपुर संवाददाता

काठमाडौं — कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार गठनबेलाको प्रतिवद्धताप्रति इमानदार र जिम्मेवार नदेखिएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिएको नेता दिलनाथ गिरीले जानकारी दिए ।

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी फुटाउन भूमिका खेलेको आरोप

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार गठनबेलाको प्रतिवद्धताप्रति इमानदार र जिम्मेवार नदेखिएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिएको नेता दिलनाथ गिरीले जानकारी दिए । देउवा नेतृत्वको सरकारले पूर्व प्रतिवद्धताअनुसार मधेस समस्या समाधान गर्न नचाहेको, दलहरुबीच एकता कायम गर्न नसक्नुको साथै राप्रपा विभाजनमा समेत भूमिका खेलेको राप्रपाको आरोप छ ।

मधेसलाई झुक्याउने काममा सरकार लागेकोले समर्थन गरिरहन उचित नहुने अधिकांश केन्द्रीय सदस्यहरुको दबाबपछि सरकारलाई दिएको समर्थन फिर्ता लिइएको नेता गिरीले बताए । राप्रपाको आन्तरिक कलहले केही दिनअघि वरिष्ठ नेता पशुपतिशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका थिए ।

गत जेठ २३ गते भएको प्रधानमन्त्री निर्वाचनमा राप्रपाले शेरबहादुर देउवालाई मत दिएको थियो ।

बैठकपछि ललितपुरको जावलाखेलमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाले अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उनको माग पूरा गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित : श्रावण २४, २०७४ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?