३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दंगा फैलाएको आरोपमा सिलिगुडीमा २ नेपाली पक्राउ

पर्वत पोर्तेल

सिलिगुडी — गोर्खाल्याण्ड आन्दोलनमा नेपालका माओवादीको संलग्नताको दावी गरिरहेको पश्चिम बंगाल प्रहरीले मंगलबार एक नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ ।

दंगा फैलाएको आरोपमा सिलिगुडीमा २ नेपाली पक्राउ

सिलिगुडी प्रहरीले इलाम फिक्कलका उदयहाङ फागो ३७ र सुकुना निवासी नितिन क्षेत्री ३५ लाई पक्राउ गरेको हो । दुवैलाई गत साता सुकुनामा भएको हतियार जुलुसपछिको गोली काण्डमा संलग्नता रहेको आरोप लगाइएको छ ।

अभियुक्तद्वयलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९  का साथै खतरनाक हतियार बोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ । 

सिलगुडी प्रहरीद्धारा पक्राउ परेका इलाम फिलक्कलका उदयहाङ फागो । 

यसैबीच गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आन्दोलनमा संलग्न रहेको बहानामा बंगाल सरकारले निर्दोष व्यक्तिलाई पक्राउ गरेर नेपाली सहयोग पुष्टी गर्न खोजेको बताए । उनले सरकारलाई दिएको अल्टिमेटम सकिएकाले बुधबारदेखि आन्दोलन अझै सशक्त पारिने बताए । 

प्रकाशित : श्रावण २४, २०७४ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?