२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले दिने उपचार खर्च नलिने

डिस्चार्ज भए भट्टराई
कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले दिने उपचार खर्च नलिने

उनलाई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए । उनले उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिए । शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए ।

पत्रकार सम्मेलनमा डा. राकेश बर्माले विशिष्ट व्यक्तिहरु सामान्य उपचारका लागि समेत विदेश गइरहेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेजर शल्यक्रिया नेपालमै गराउँदा आफूलाई खुशी लागेको र हौसला मिलेको बताए ।

प्रकाशित : श्रावण २५, २०७४ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?