कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रियललाई सुपर कप

एएफपी

स्कोप्जे — इस्कोले आकर्षक गोल गरेपछि रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडको चुनौती २–१ ले पन्छाउँदै मंगलबार युईएफए सुपर कप जितेको छ ।

रियललाई सुपर कप

युरोपेली च्याम्पियनलाई कासेमिरोले २४ औं मिनेटमा अग्रता दिलाएका थिए । चर्को गर्मीमा बाल्कन छाएको खेलमा इस्कोले गारेथ बेलसँग वान–टु पास खेल्दै दोस्रो हाफको सातौं मिनेटमा रियलको अग्रता दोब्बर बनाएका थिए । क्रिस्टियानो रोनाल्डो सब्स्टिच्युटको रूपमा अन्त्यतिर मैदानमा प्रवेश गरेको खेलमा युरोपा लिग च्याम्पियन युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो डराएजस्तो देखिँदा स्पेनी टिमले ठूलो अन्तरको जित हात पार्न सक्ने सम्भावना बनेको थियो । तर रोमेलु लुकाकुले खेलले एक घण्टा छुँदा एक गोल फर्काएका थिए । उनले प्रतियोगितामा ‘डेब्यू’ गरेपछि प्रिमियर लिगअघि युनाइटेडले ठूलो सुधार गरेको थियो ।

जिनेदिन जिदानको टिमले यो ट्रफी लगातार दोस्रो वर्ष जितेको हो र समग्रमा चौथोपल्ट । स्पेनी क्लबले नौ वर्षयता सुपर कप जितेको आठौं अवसर हो । सन् १९९० पछि सुपर कप लगातार जित्ने रियल पहिलो टिम हो । त्यति बेला एसी मिलानले यो सफलता पाएको थियो । 

मेसेडोनियामा सुपर कप ट्रफी बोक्दै रियलका क्रिस्टियानो रोनाल्डो । रोयटर्स


‘यो सबै कडा मिहिनेतबाट आएको हो । यस टिममा प्रतिभावान् धेरै भएको हामीलाई थाह छ र उनीहरू निकै भोकाएका पनि छन् । उनीहरू सधैं बढी (उपलब्धि) चाहन्छन्,’ जिदानले भने, ‘खेल परिपक्व रह्यो र पहिलो हाफ निकै आकर्षक ।’ रोनाल्डोले बेन्चमा रहे पनि म्याड्रिडका लागि प्रि–सिजनको प्रशिक्षण सुरु गरेका बेललाई पहिलो रोजाइमा खेलाइएको थियो ।

युनाइटेडका व्यवस्थापक मोउरिन्होले वेल्सका बेललाई फिलिप द्वितीय एरिनामा सुरुमा खेलाएनन् । मोउरिन्होले बेललाई ओल्ड ट्राफोर्डमा भित्र्याउने प्रस्ताव राख्ने दाबी गरेका थिए । यसमा उनी हारेजस्तो देखिएको थियो । नौ करोड ७० लाख डलरमा अनुबन्धित लुकाकुले पाउल पोग्बाको अगाडि खेलेर पनि प्रभाव देखाउँदै अग्रपंक्तिमा अतिरिक्त प्रेरणा दिएका थिए । गत सिजनको अन्त्यतिर चोटका कारण धेरै खेल गुमाएका बेल फेरि फिट देखिए तर कासेमिरो पहिलो हाफमा रियलको अग्रपंक्तिमा सबैभन्दा खतरनाक बनेका थिए । यी ब्राजिलियन मिडफिल्डर १६ औं मिनेटमै गोलनजिक पुगेका थिए ।

प्रकाशित : श्रावण २६, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?