कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबारदेखि राजधानीमा रोजगार मेला

कान्तिपुर संवाददाता

काठमाडौं — तीन वर्षीय डिप्लोमादेखि स्नातकोत्तर पढेका विद्यार्थीलाई रोजगारी दिन शुक्रबारदेखि राजधानीमा रोजगार मेला लाग्ने भएको छ ।

शुक्रबारदेखि राजधानीमा रोजगार मेला

आसाम डाउनटाउन युनिभर्सिटीको संयोजनमा हुने पहिलो अन्तर्राष्ट्रिय रोजगार र करिअर फेयरमा नेपाल र भारतका विभिन्न प्रख्यात कम्पनीले सिधै रोजगारीका अवसर दिने आयोजकले जनाएको छ । मुलुकमा ब्याप्त बेरोजगार न्यूनिकरण गर्न रोजगारीको खोजीमा रहेका शिक्षित युवालाई लक्षित गरेर मेला गर्न लागिएको लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका सिइओ एवं कार्यक्रम संयोजक शंकर भट्टराइले बताए । शनिबारसम्म चल्ने मेला भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा हुनेछ ।
 
भारतका प्रतिष्ठित कम्पनी रिलाइन्स जिओ र र्‍याडिसन होटल मेलामा सहभागी हुने आयोजकले जनाएको छ । मोबाइल कम्पनी रिलायन्सले एक सय ५० जना इलेक्ट्रोनिक्स इन्जिनियरलाई रोजगारीको अवसर दिने भट्टराईले बताए । भारतको चेन होटल सञ्चालन गरेको र्‍याडिसनले आफूलाई आवश्यक पर्ने जनशक्ति मेलामै छनौट गर्ने उनले बताए । त्यस्तै मेलामा सहभागी नेपालका कर्पोरेट हाउसहरुले पनि आफूलाई आवश्यक पर्ने जनशक्ति मेलाबाटै छनौट गर्न सक्ने उनले बताए । नेपालका सिप्रदी, टोयटा, सद्धा, क्लाकि टेक, बिरला टायर, सुबिसु, डिसहोम, यामाहालगायत १८ वटा स्वदेशी कम्पनीहरु सहभागी हुनेछन् । ‘मेलामा आउने विद्यार्थीले आफ्नो बायोडाटा भने अनिवार्य ल्याउनु पर्ने हुन्छ,’ भट्टराईले भने, ‘विद्यार्थीको योग्यता के छ ? रोजगारदाता कम्पनीले कस्ता कामदार माग गरेका छन् ? दुवैलाई भेटाउन मेला आयोजना गरिएको हो ।’ क्याम्पस टु कर्पोरेटको अवधारणा अनुसार मेला आयोजना गर्न लागिएको उनले बताए । 

प्रकाशित : श्रावण २६, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?