नयाँ शक्ति छाडेका रामचन्द्र झा, रामकुमार शर्मालगायत नेता लाजिम्पाटमा

कान्तिपुर संवाददाता

काठमाडौं — नयाँ शक्ति पार्टी छाडेका रामचन्द्र झा, रामकुमार शर्मालगायतले माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगेर उनीहरुले पार्टी प्रवेशलगायत विषयमा छलफल गरेका हुन् ।

नयाँ शक्ति छाडेका रामचन्द्र झा, रामकुमार शर्मालगायत नेता लाजिम्पाटमा

नयाँ शक्ति पार्टी छाडेका रामचन्द्र झा, रामकुमार शर्मालगायतले माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगेर उनीहरुले पार्टी प्रवेशलगायत विषयमा छलफल गरेका हुन् । 'हामीले एक हिसाबले नयाँ शक्ति छोडिसक्यौं, कुन पार्टीमा प्रवेश गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ' कान्तिपुरसँग नेता रामचन्द्र झाले भने, 'पार्टी प्रवेशको निर्णय हुनेबित्तिकै मिडियालाई भन्ने छौं ।'

माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले भने रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेको जानकारी गराएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, पार्टी हेडक्वार्टर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा, नेतृ उर्मिला अर्याल, नेता मातृका यादवलगायत सहभागी थिए ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एकलौटी ढ‌ंगले अगाडि बढेको भन्दै झा, शर्माका साथै देवेन्द्र पौडेल, वामदेव क्षेत्री, खिमलाल देवकोटा, पासाङ शेर्पा लगायत दर्जन बढी केन्द्रीय नेताहरु असन्तुष्ट छन् । असन्तुष्ट नेताहरुमध्ये अधिकांश पूर्वमाओवादीबाटै नयाँ शक्तिमा ध्रुविकृत भएका थिए ।

प्रकाशित : श्रावण २७, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?