पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

राजकुमार कार्की

सिन्धुली — पहिरोले पुरिएर सदरमुकाम सिन्धुलीमाढीमा एकै परिवारका चारको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ को २ नं बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका एकै परिवारका आमा र तीन छोराछोरी सहित चारको आज बिहान करिब २ बजे खसेको पहिरोले पुरिएर मृत्यु भएको छ ।

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

मृत्यु हुनेमा ३२ वर्षीय दुर्गा कुमारी खड्का, १५ वर्षीय छोरी शोभा खड्का, छोराहरु १० वर्षीय अनिस खड्का र ७ वर्षी मनिष खड्का का रहेका छन । शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको प्रहरीले जनाएको छ । घट्नामा सगै सुतिरहेका श्रीमान उद्धवबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

लगातार दुई दिन देखि परिरेहको पानी सगै जिल्ला प्रहरी कार्यालयले नया भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिदा उक्त घट्ना घटेको हो । चारै जनाको शव जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

हाल पहिरो गएको स्थान वरपर करिव आधा दर्जनको संख्यामा रहेका रुखको समेत व्यवस्थापन नगर्ने हो भने प्रहरी कार्यालय नजिकै रहेका करिव २० घर जोखिममा रहेको भन्दै स्थानीयले उक्त रुखहरुको समेत व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय समक्ष स्थानीयले माग समेत गरेका छन् ।

प्रकाशित : श्रावण २८, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?