१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महेन्द्र राजमार्गको दाउन्नेमा पहिरोले १२ घण्टादेखि राजमार्ग अवरुद्ध

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा गएको पहिरोले पूर्व-पश्चिम महेन्द्र राजमार्गको यातायात १२ घण्टादेखि अवरुद्ध भएको छ ।

महेन्द्र राजमार्गको दाउन्नेमा पहिरोले १२ घण्टादेखि राजमार्ग अवरुद्ध

शुक्रबार राति ११ बजेदेखि झरीले दाउन्नेको एक दर्जन स्थानमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण पूर्व-पश्चिम हिँडेका सयौं सवारी साधन दाउन्नेमा अलपत्र परेका छन् । डिएसपी राजेश थापाका अनुसार दाउन्ने पहाडको बर्दघाट र दुम्किवास खण्डका ठाउँठाउँमा गएको पहिरो हटाउन सडक विभागका कर्मचारी र डोजर प्रयोग गरिए पनि सफल हुन सकेको छैन । 

निजी डोजर समेत प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको र वर्षात् नभए दिउँसोसम्म एकतर्फी सडक सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए । 

पहिरोका कारण महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका सयौं यात्रु बर्दघाट, सुनवल खण्ड र दुम्किवास खण्डमा प्रहरीले रोकेको छ । यात्रुको सुरक्षाका लागि ती गाडी प्रहरीले रोकेको हो । 

प्रकाशित : श्रावण २८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?