२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आज पनि भीषण वर्षा, धेरै नदीमा खतराको तह नाघ्यो

सचेत रहन विशेषज्ञहरुको सुझाव
अब्दुल्लाह मियाँ

काठमाडौं — शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका धेरैजसो नदीजलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले अझै पानी पर्ने र नदी जलाधारक्षेत्रमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन सबैलाई सचेत गराएको छ ।

आज पनि भीषण वर्षा, धेरै नदीमा खतराको तह नाघ्यो

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशका धेरैजसो नदीजलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले अझै पानी पर्ने र नदी जलाधारक्षेत्रमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन सबैलाई सचेत गराएको छ । शाखाका अनुसार पश्चिमको बबई नदीका विभिन्न जलाधारक्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ ।

पूर्व पश्चिम राजमार्गको चेपाङ, दाङको घोराही, तुलसीपुर, पदमपुर, अम्बापुर जलाधारमा पानीको सतहले खतराको तह पार गरेको हो । पश्चिम राप्तीको कुसुम मापन केन्द्रलेसमेत खतराको तह पार गरेको देखाएको छ । ती नदीहरुमा खतराको तह पार गर्ने बित्तिकै शाखाले आफ्नो वेबसाईटमासमेत साईरनसहित सर्वसाधारणमा सचेत गराएको छ । मध्येभागको नारायणी नदीको माडी, गोविन्दबस्तीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ । ती नदीजलाधारमा खतराको तह पार गर्ने बित्तिकै शाखाले स्थानिय वासिन्दाहरुलाई सुरक्षित रहन मोबाइल एसएमएस पठाएको छ ।

शाखाले आज पनि पूर्वी नेपालमा भारी वर्षा हुने जनाएको छ । पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, मध्येको रौतहट, सर्लाही, पर्सा, बारा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका क्षेत्रका जलाधारमा पानीको सतहले खतराको तह पार गर्ने चेतावनी दिएको ।

पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने नदीहरुमा पानीको सतह बढ्ने जानकारी दिएको छ । शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउखोला, विनयखोला, अरुण खोला, तिनाउ, बाणगंगा र पश्चिमका मछेली, मोहना, बबईलगायतका नदी जलाधारमा बेलुकीसम्मै पानीको सतहले खतराको तह पार गर्ने भएकाले सचेत रहन अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण २८, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?