१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अबिरल वर्षाले महोत्तरीमा क्षति

वीपी मार्ग अवरुद्ध , खाधान्न र ईन्धन अभाव हुने सम्भावना ,पत्रकार महासंघमा ५ लाखको क्षति
रवीन्द्र उप्रेती

काठमाडौं — दुई दिनदेखि परेको लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । वर्षाले माटो गलेर रुख खस्दा बीपी मार्ग अवरुद्ध छ ।

अबिरल वर्षाले महोत्तरीमा क्षति

बर्दिवासदेखि ९ किमि उत्तर कालापानीनजिक आज विहान रुख ढलेपछि वीपी मार्गमा आवागमन अवरुद्ध भएको हो । वर्दिवासस्थित ईलाका प्रहरीका डिएसपी शालिगराम शर्माकाअनुसार निजी जग्गाबाट केहीबेरदेखि एकतर्फि सवारी चले पनि सडक भने खुल्न सकेको छैन । वीच सडकमा ढलेको रुख हटाउन सामुदायिक वनसंग समन्वय भइरहेको शर्माले जनाए ।

उता जलेश्वरमा उत्तरतर्फबाट बगेको भलले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको भवनको पर्खाल ढलेको छ । ०६९ सालमा निर्माण भएको महासंघ भवनको १ सय ३५ मिटर लामो र १० फिट अग्लो पर्खाल ढल्दा ५ लाखबढी मूल्यबराको क्षति भएको सभापति कमलेश मण्डलले जनाएका छन् । भन्सार क्षेत्र मलिवारामा सशस्त्र प्रहरी राजस्व तथा भन्सार गुल्मको ब्यारेक डुवानमा परेको छ । त्यहाका जवानलाई अहिले पशु क्वारेन्टाईन र जिल्ला भन्सार कार्यालयको ग्यारेजमा स्थानान्तरण गरेकेो गुल्म प्रमुख दिनेश मल्लले जनाएका छन् । सदरमुकाम जलेश्वर जलमग्न छ । स्थानिय विश्वनाथ भगतले जनाएअनुसार सदरमुकामका घर र कार्यालयसमेत जलमग्न छन् ।

जिल्ला प्रहरीका डिएसपी दीपक पोखरेलकाअनुसार अविरल वर्षाले पिपरा गाउपालिकामा ५ घर , बथनाहा र जलेश्वर नपा ११ मा १/१ घर ढलेका छन् ।

त्यस्तै भारतीय क्षेत्रमासमेत भारी वर्षा भईरहेकोले आयात ब्यापार ठप्प भएको जलेश्वरभन्सार प्रमुख केशव भण्डारीले जनाएका छन् । मूख्यत. भन्सार क्षेत्रदेखि जनकपुरसम्मको १८ किमि सडक क्षतिग्रस्त रहेकोले आयात ब्यापार ठप्प हुन पुगेको हो । आयल निगमको महेन्द्रनगर डिपोमा भारतको वरौनीदेखि उक्त सडकबाटै ईन्धन ढुवानी हुँदै आएको छ । सडक ठेकेदारको लापरवाहीका कारण निर्माणाधीन अवस्थाको उक्त सडकमा वर्षाको भल जमेपछि यातायात चल्न नसकेको हो । सडकको विकल्प न खोजिए महोत्तरी र धनुषामा खाधान्न र इन्ध अभाव हुन सक्ने संभावना बढेको छ ।

जलेश्वरस्थित नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको भवनको क्षतिग्रस्त पर्खाल । तस्बिर : रवीन्द्र उप्रेती/कान्तिपुर

प्रकाशित : श्रावण २८, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?