१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाढीले चितवन माडीका २७ घरमा क्षति

चितवन — चितवन माडी नगरपालिकामा बाढीले २७ घरमा क्षति पुर्‍याएको छ । दुई पुल बगाएका छन् । स्थानीय रियू खोलाको बाढीले शुक्रबार राति २७ घर बगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

बाढीले चितवन माडीका २७ घरमा क्षति

चितवन माडी नगरपालिकामा बाढीले २७ घरमा क्षति पुर्‍याएको छ । दुई पुल बगाएका छन् ।

स्थानीय रियू खोलाको बाढीले शुक्रबार राति २७ घर बगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ठूलो बाढी आएपछि स्थानीय कोही घरको छानामा र कतिपय रुख चढेर जोगिएका थिए ।

माडी नपाको १ र २ नम्बर वडा जोड्ने पुल भत्किएपछि स्थानीयलाई ओहोरदोहोर गर्नसमेत समस्या परेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, अन्य सुरक्षा अधिकारी, रेडक्रस टोली स्थलगत अनुगमनमा खटिएका छन् । रेडक्रस टोलीले राहतको पहल गरिरहेको बताइएको छ ।

प्रकाशित : श्रावण २८, २०७४ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?