१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महेन्द्र राजमार्गको दाउन्नेमा सडक भासियो

नवलपरासी — पहिरोका कारण १६ घण्टादेखि अबरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने सडक खण्ड ठाउँ ठाउँमा भासिएको छ । सडक भासिएका कारण त्यस खण्डको यात्रामा जोखिम बढेको जनाउँदै प्रहरीले गाडि रोकेको छ ।

महेन्द्र राजमार्गको दाउन्नेमा सडक भासियो


शुक्रबार राति ११ बजेदेखि दर्जनौं स्थानमा गएको पहिरोका कारण महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिडेका हजारौं यात्रु दाउन्नेमा अलपत्र परेका छन् । झरीले पहिरो हटाउन नपाउदै बर्दघाट तर्फको सडकखण्डको ठाउठाउमा सडक भासिएको छ । सडक मुनिको भाग पहिरोले खसेका कारण पक्कि सडक पनि भासिएको हो । महेन्द्रराजमार्गको दाउन्ने खण्डका ४ स्थानमा १५ देखि , २५ मिटर सम्म सड्क खसेको प्रहरीले जानकारी दिएको छ ।

पुर्वपश्चिम महेन्द्रराजमार्गको उक्त खण्डमा सडक भासिएपछि प्रहरीले त्यसखण्डमा गाडि नचलाउन अनुरोध गर्दै आवगमन रोकेको छ । जिल्ला प्रहरीले सडक भासिएको स्थानमा यात्रा गर्न बढि जोखिम हुने भएका कारण गाडि रोकिएको जानकारी दिएको छ ।

उक्त सडक खण्डमा डोजरले पहिरो हटाउने काम भैरहेपनि बर्षातका कारण लेदोमाटो खसेको खस्यै छ । वर्षात नरोकिए राजमार्ग खुलाउन नसकिने डिएसपी राजेश थापाले बताए ।

प्रकाशित : श्रावण २८, २०७४ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?