विराटनगर विमानस्थलमा कम्मर कम्मर पानी (भिडियो र फोटो फिचर)

लीलाबल्लभ घिमिरे

विराटनगर — शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले विराटनगर डुबानमा परेको छ । दुहबी खोला फुटेर विराटनगर पसेपछि कोशी राजमार्गको पश्चिम क्षेत्र डुबेको छ ।

विराटनगर विमानस्थलमा कम्मर कम्मर पानी (भिडियो र फोटो फिचर)

विराटनगर विमानस्थलमा कम्मर कम्मर (डेढ मिटर) पानी जमेको छ । बिहान ५ बजेदेखि विराटनगरमा हिंडडुल बन्द भएको हो । एयरपोर्ट गेटबाटै खोलाको भंगालो भित्र पसेको छ ।

विराटनगर विमानस्थल डुबानमा परेपछि उडान ठप्प भएको छ । कर्मचारीलाई भुइँतलाका काजगात र सरसामान जोगाउन हम्मे हम्मे परेको छ ।

धावनमार्गमा भने श्री एयरलाइन्सको नयाँ जहाजमात्रै पार्किङमा रहेको छ । यो जहाज शुक्रबार नै विराटनगर आएको थियो ।

भिडियो र फोटोहरु : लीलाबल्लभ घिमिरे/कान्तिपुर

प्रकाशित : श्रावण २८, २०७४ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?