२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

विमल खतिवडा

चितवन — लगातारको वर्षासंगै पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि शनिबार दिउँसो २ बजेबाट सडक अवरुद्ध बनेको हो । पानी परी रहेकाले पहिरो पन्छाउन समस्या भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

लगातारको वर्षासंगै पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि शनिबार दिउँसो २ बजेबाट सडक अवरुद्ध बनेको हो । पानी परी रहेकाले पहिरो पन्छाउन समस्या भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

सडक अवरुद्ध भएसंगै ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् । पहिरो सानो भएकाले पन्छाउनसाथ यातायात सुचारु हुने इन्जिनयिर खनालले जानकारी दिए । वर्षात सुरु भएसंगै सडकमा जोखिम बढेको छ ।

प्रकाशित : श्रावण २८, २०७४ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?