कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बाढी पहिरो प्रभावित स्थानमा जान चिकित्सक संघको अपिल

अतुल मिश्र

काठमाडौं — नेपाल चिकित्सक संघले आफ्नो सबै सदस्यहरुलाइ बाढी पहिरोले हुन सक्ने सरुवा रोग, र स्वास्थ्य समस्या नियन्त्रणको लागि सक्रियता साथ जुट्न अपिल गरेको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सबै शाखा कार्यालयहरुले आफ्नो सदस्यहरुलाइ घटनास्थलमा अबिलम्ब पठाएर स्वास्थ्य समस्या सामाधानको लागि जुटन आग्रह गरेका छन् ।

चिकित्सकहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवनयापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन समेत सरकार संग माग गरेको छ ।

मुलुकमा संघका सदस्य करिब ७ हजार र दर्ता भएका २० हजार चिकित्सक छन् । 

प्रकाशित : श्रावण २८, २०७४ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?