१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डा.केसीको मुटु कुनै पनि बेला बन्द हुनसक्छ : चिकित्सक

अनसनरत डा. केसीको स्वास्थ्य बिग्रदो
अतुल मिश्र

काठमाडौं — अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका छन् ।

त्रिवि शिक्षण अस्पताल हातामा उनले जारी राखेको आमरण अनसन शनिबार २० औं दिनमा पुगेपछि उनको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले शनिबार यस्तो खतरा औंल्याएका हुन् ।

 डा.केसीको मुटु कुनै पनि बेला बन्द हुनसक्छ : चिकित्सक

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका छन् ।

त्रिवि शिक्षण अस्पताल हातामा उनले जारी राखेको आमरण अनसन शनिबार २० औं दिनमा पुगेपछि उनको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले शनिबार यस्तो खतरा औंल्याएका हुन् ।

उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ ।

डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घटदो छ ।

उनमा निरन्तर मांशपेशी दुख्ने , टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ ।

उनको शरीरको रक्तचाप र अक्सिजनको स्तर समेत निकै तल छ । उनको मुटुको चाल कहिलेकाही दुई सय भन्दा बढी पटकसमेत हुने गरेको छ ।

उनको ब्लड सुगर, एलेक्ट्रोलाइट, पोटासियम, म्याग्नेसियम, फस्फोरस र क्याल्सियम तल्लो स्तरमा छ ।

यसले मुटु अचानक बन्द हुन सक्ने जोखिम छ ।

प्रकाशित : श्रावण २८, २०७४ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?