कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी राहत उपलब्ध गराउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन बढीको ज्यान गएको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढीपहिरोबाट प्रभावित जिल्लाका प्रजिअलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकको उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचार व्यवस्था मिलाउने कार्य तत्काल थाल्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिँदै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले विपतको घडीमा एकढिक्का हुन पनि सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।

प्रकाशित : श्रावण २८, २०७४ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?