बाढीले बगाउँदा दाङमा दुई जनाको मृत्यु, सडक कटानले यातायात अवरुद्ध

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ सिमगैरीकी ४८ वर्षीया भगवती सुनार स्थानीय तुईखोला र तुलसीपुर उपमहानगरपालिका वडा नं.४ का ५८ वर्षीय नर बहादुर रावत स्थानीय बेतनी खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा दाङमा दुई जनाको मृत्यु, सडक कटानले यातायात अवरुद्ध

अबिरल बर्षापछि आएको बाढीले बगाउँदा दाङमा दुई जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी लमही नगरपालिका वडा नं. ९ अमिलिया निवासी कर्णबहादुर डाँगी र रिता डाँगी घाइते भएका छन् । तुलसीपुरको मोतिपुरमा बाढीले सडक बगाउँदा बिहानैदेखि घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि घोराही–तुलसीपुरको आवतजावत पूर्णरुपमा प्रभावित भएको छ ।

बाढीका कारण १३ घर परिवार विस्थापित भई सुरक्षित स्थानमा राखिएको छ । बाढीले बगाएका चौपाया र अन्य धनजनको क्षतिबारे विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ । बाढी गाउँमा पस्न थालेपछि राति २ बजे देखि नै ६ सय ५० जना नेपाल प्रहरी प्रत्यक्षरुपमा उद्दारमा खटिएको निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

 

प्रकाशित : श्रावण २८, २०७४ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?