कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्वास्थ्यमन्त्रीद्वारा डा. केसीलाई अनसन तोड्न आग्रह

अतुल मिश्र

काठमाडौं — स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले त्रिवि शिक्षण अस्पताल हातामा २० दिनदेखि आमरण अनसन गरिरहेका प्रा.डा.गोविन्द केसीलाई मुलुकको विषम परिस्थितिलाइ ध्यान दिंदै अनसन तोड्न आग्रह गरेका छन् ।

स्वास्थ्यमन्त्रीद्वारा डा. केसीलाई अनसन तोड्न आग्रह

मुलुकमा आएको बाढी, पहिरोले मध्य पहाड र तराईको जनजीवन अस्तव्यस्त बनाएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रीले डा.केसीलाइ अनसन तोड्न आग्रह गरेका हुन् ।

डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्रीको सक्रियतामा शिक्षा, स्वास्थ्य मन्त्रालय र नागरिक समाज समेत क्रियाशिल रहेको जनाउँदै स्वास्थ्य मन्त्रीले कान्तिपुरसँग शनिबार कुरा गर्दै भने, ‘माथेमा आयोगको मूल मर्मको आधारमा चिकित्सा विधेयक संसदको बालबालिका तथा समाज कल्यांण एवं जेष्ठ नागरिक समितिबाट सर्वसम्मतिले पारित भई संसदको पूर्ण सदनमा पेश हुने क्रममा छ ।’

स्वास्थ्य मन्त्रीले भने, ‘हाल बाढी पहिरोबाट उत्पन्न असहज अवस्थालाई मध्यनजर गरी डा.केसीलाई आफ्नो अनसन अन्त्य गरेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा  जुट्न उत्प्रेरित गरिदिनु हुन बिशेष अपिल गर्दछु ।’

स्वास्थ्य मन्त्रीले हाल प्रभावित क्षेत्रमा घाइते तथा विस्थापितहरुको तत्काल उपचारको लागि स्वास्थ्य मन्त्रालय र अन्तरगतका निकायहरु परिचालित भैसकेको समेत जनाएका छन् ।

हाल मन्त्रालयका उच्च अधिकारी, बिषेशज्ञ चिकित्सकहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाइएको उल्लेख गर्दे उनले र्‍यापिड रिस्पोन्स टिमलाई समेत उच्च सतर्कतामा राखिएको बताए । 

प्रकाशित : श्रावण २८, २०७४ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?