१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बर्दियामा ९० प्रतिशत भूभाग डुबानमा

कमल पन्थी

बर्दिया — तीन दिनदेखिको वर्षाले बर्दियामा ९० प्रतिशत भूभाग डुबानमा परेको छ । ५ हजार विस्थापित भएका छन् ।

बर्दियामा ९० प्रतिशत भूभाग डुबानमा

स्थानीयहरु विद्यालय र अग्लो खुला ठाउँमा आश्रयका लागि पुगेका छन् । सदरमुकाम गुलरियाको ६० प्रतिशत डुबानमा परेको छ । नेपालगन्ज–गुलरिया आउजाउ बन्द भएको छ । ४ किलोमिटर सडक जलमग्न भएको छ ।

बबईको जलमापन केन्द्रका अनुसार  पानीको सतह ९.३३ मिलीमिटर पुगेको छ । जबकी बढीमा ६ मिलिमिटरमात्रै हुनुपर्ने हो । बबईले तटबन्ध भत्काएको छ

प्रहरीले रातिदेखि उद्दार जारी राखेको छ । सन्तोषी टोल, ठाकुरबाबार पूर्ण डुबानमा परेका छन् । प्रहरीले साइरन बजाउँदै सुरक्षित स्थानमा जान अपिल गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?