बाढी प्रभावित क्षेत्रमा जानुस् : केसी

कान्तिपुर संवाददाता

काठमाडौं — प्रा.डा. गोविन्द केसीले आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा रहेका चिकित्सकलाई बाढीपहिरो प्रभावित क्षेत्रमा गएर उपचारात्मक सेवामा लाग्न अनुरोध गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा जानुस् : केसी

डा. केसीले मुलुकको विषम परिस्थितिलाई ध्यान दिँदै तत्काल सम्पूर्ण बन्दका कार्यक्रम स्थगित गरेर बाढीपहिरोपीडितको उद्घारमा लाग्न चिकित्सकसँग अपिल गरेका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीले फोन गरेर तुरुन्त बन्दका कार्यक्रम स्थगित गरेर उद्घारमा लाग्न अनुरोध गरेको बताए । संघले आकस्मिकबाहेकका सेवा बहिष्कारको निर्णय हाल स्थगित गरेको समेत डा. श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?