कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेवा बहिष्कारको निर्णय फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौं — सरकारी चिकित्सक संघ (गोदान) ले डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारी अस्पतालहरूमा गरेको आकस्मिकबाहेक अन्य सम्पूर्ण सेवा बहिष्कारको निर्णय स्थगन गरेको छ ।

संघले डा. केसीको जीवन रक्षार्थ सरकारी चिकित्सक आन्दोलन भने जारी रहेको जनाएको छ ।

गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले मुलुकमा बाढीपहिरोले गर्दा उत्पन्न विषम परिस्थितिमा आम नागरिकको जीवन रक्षार्थ सरकारी चिकित्सकबाट दिइने स्वास्थ्य सेवा बहिष्कार गर्न नसकिने जनाएका छन् । हालको प्राकृतिक प्रकोपमा अझ थप स्वास्थ्य सेवा प्रदान गर्न बाढी प्रभावित क्षेत्रमा जाने निधो गरेको समेत उनले जनाए । 

अनशन तोड्न स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई मुलुकको विषम परिस्थितिलाई ध्यान दिँदै अनशन तोड्न आग्रह गरेका छन् । मुलुकमा बाढीपहिरोले मध्य पहाड र तराईको जनजीवन अस्तव्यस्त बनाएको उल्लेख गर्दै केसीलाई अनशन तोड्न आग्रह गरेका हुन् । केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको सक्रियतामा शिक्षा, स्वास्थ्य मन्त्रालय र नागरिक समाज समेत क्रियाशील रहेको जनाउँदै उनले शनिबार कान्तिपुरसँग भने, ‘माथेमा आयोगको मूल मर्मको आधारमा चिकित्सा विधेयक संसद्को बालबालिका तथा समाज कल्यांण एवं ज्येष्ठ नागरिक समितिबाट सर्वसम्मतिले पारित भई संसद्को पूर्ण सदनमा पेस हुने क्रममा छ ।’

प्रकाशित : श्रावण २९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?