हात्ती र डुंगाको मद्दतले सौरहा डुबानमा फसेका पर्यटकको उद्दार

, विमल खतिवडा

भरतपुर — सौरहाको डुबान परेका फसेका पर्यटकको उद्दार भइरहेको छ । हात्ती, डुंग्गाको सहायतामा उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लगातारको वर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् ।

सौरहाको डुबान परेका फसेका पर्यटकको उद्दार भइरहेको छ । हात्ती, डुंग्गाको सहायतामा उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लगातारको वर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् । पर्यटक घुमाउन राखिएका केही सवारी समेत राप्तीमा बगाएको छ । शनिबारदेखि परेको पानी रोकिएको छैन । तर, आइतबार दिउँसो पानी पर्न कम भएको छ ।

‍‍.....

लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् । सौरहा अहिले डुबानमा छ । त्यहाँ पर्यटक घुमाउन राखिएका केही सवारी समेत राप्तीमा बगाएको छ ।

शनिबारदेखि परेको पानी रोकिएको छैन् । राप्तीमा आएको बाढी पसे पछि सौरहाका एक सय बढी होटल डुवानमा परेको हो । क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेको जनाए । ‘उनीहरुलाई तत्काल उद्दार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पानी रोकिएपछि हात्तीको मद्धतले उद्धार गरी सुरक्षित स्थानमा लैजान्छौ ।’ उनीहरु सबै होटलको माथिल्लो तल्लामा बसेका छन् । राप्तीको बाढीले सौराहाको नेचर हेरिटेज होटलको दुईवटा सवारी बगाएको छ । पानीको सहत बढ्दै गए पछि पर्यटकहरु उद्दारका लागि अनुरोध गर्न थालेका छन् ।

होटल सञ्चालक दामोदर रेग्मीले डुवान पछि पर्यटक बोक्ने दुईवटा जिप बगाएको बताए । शुक्रबार र शनिबार सौरहा घुम्न आउने आन्तरिक पर्यटक धेरै हुन्छन् । उनीहरु समेत डुवानमा फसेका छन् । होटल वाइड लाइफका सञ्चालक शंकर सैंजुले झण्डै ६ फिट भन्दा बढी पानी जमेकाले होटलका पर्यटक आत्तिएको बताए । उनको होटलमा अमेरिकन, चाइनिज, श्रीलंकन, भारतीय र नेपाली गरि ४० जना पर्यटक फसेका छन् ।

प्रहरी प्रमुख एसपी दिपक थापाले पर्यटकको उद्दारमा जुट्ने बताए । ‘कतिपय स्थानमा जानै नसक्ने अवस्था रहेकोले उद्धारमा कठिनाई भएको छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी, सशस्त्र र सेना लगायत स्थानियको सहयोगमा केही स्थानमा उद्धार जारी छ ।’

टोलीले भरतपुर १३ सितामाईबाट २ सय घरपरिवारलाई उद्दार गरि सुरक्षित स्थानमा सारेको छ । नजिकको घोल गाउँमा बाढी पसेर डुबान भए पछि उनीहरुलाई अन्यत्र सारिएको हो । अहिले माडीलगायत रत्ननगर, खैरहनी, सौराहा, मंगलपुर लगायतको क्षेत्र डुबानमा परेको जिल्ला प्रहरीले जनायो ।

प्रकाशित : श्रावण २९, २०७४ १७:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लगातार बर्षाका कारण पहिरो, एकको मृत्यु, तीन जना बेपत्ता

शाहीमान राई

पाँचथर — पाँच दिनदेखि अविरल बर्षाका कारण पाँचथरको फालेलुङ गाउँपालिका क्षेत्रमा जान थालेको पहिरो अझै थामिएको छैन । लगातार बर्षाको कारण बाढी पहिरोले त्यस क्षेत्रका वस्तीहरु जोखिममा छन् ।

सदरमुकाम फिदिमदेखि २२ कोस सु्दुर उत्तर फालेलुङ गाउँपालिका–३ मेमेङका ताङलेपा, खोलाघर, फालेलुङ –४ एकतीनस्थित चुप्पादेनलगायत आसपासको क्षेत्रमा गएको पहिरोले घर सहित बगाएर एक जनाको मृत्यु भएको छ । मेमेङस्थित निवा खोला जलविद्युत आयोजनाका चौकिदारसमेत एकैघरका तीनलाई बाढीले बगाएर वेपत्ता छन् ।

फालेलुङ गाउापालिका–३ मेमेङको ताङ्लेपाका ५९ बर्षीय विष्णुभक्त राई, उनकी छोरी १३ बर्षीया गंगा र १३ बर्षीया नातिनी प्रिया राई शव आइतबार अपरान्हसम्म बेपत्ता छन् । खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले बताए ।

पहिरोले घरैसहित पुरिएका फालेलुङ–४ एकतीनस्थित चुप्पादेनका ८३ बर्षीय त्रिलोचन विश्वकर्माको शव फिदिमस्थित जिल्ला अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ । फालेलुङ आसपासको क्षेत्रमा १५ ठाउँमा ठूलठूला पहिरो खसेकोले स्थानीयबासी समेत वारपार गर्न कठिन भएको बताइएको छ । फालेलुङको एकतीन र मेमेङमा ४ दर्जनभन्दा बढी घर पहिरोले क्षतिग्रस्त भएकाले भागेर बाँचेकाहरु सुरक्षित गोठमा भोकभोकै बस्न बाध्य छन् ।

पहिरोले बगायो जलविद्युत आयोजना

उतरी पाँचथरको फालेलुङ गाउँपालिका–३ मेमेङस्थित स्थानीयबासीको सक्रियतामा निर्मित १३ किलोवाट क्षमताको निवाखोला लघुजलविद्युत आयोजना समेत बाढीपहिरोले शुक्रबार विहान बगाएको छ । आयोजनाको विद्युतगृह, कुलो र विद्युतीय उपकरण पूर्णरुपमा क्षतिग्रस्त छ । विद्युत आयोजना बगाएपछि एक हजार घरपरिवार भन्दा बढी उपभोक्ताहरु तीन दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । जलविद्युत आयोजना निरीक्षण गर्न जानसक्ने अवस्था समेत नभएको स्थानीयले बताए ।

विद्युत र सञ्चार सेवा समेत अवरुद्ध

नियमित बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको १३२ केभि राष्ट्रिय प्रशारण लाइन अवरुद्ध हुादा इलाम, पाँचथर, ताप्लजुङलगायत पूर्वी पहाडमा सर्बसाधारण तीन दिनदेखि आध्यारोमा बस्न बाध्य छन् । झापाको दमकस्थित विद्युत सवस्टेसनमा ट्रन्सफर्मरमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध हुँदा टेलिफोन, मोवाइल र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । विद्युत नहुदा पाँचथरको अधिकांश ठाउँमा सञ्चार सम्पर्कविहीन छ ।

नेपाल टेलिकमलगायत सेवाप्रदायक कम्पनीले जेनेरेटरबाट फाट्टफुट्ट सेवा सञ्चालन गरेपनि सञ्चार प्रणालीमा सुधार नभएपछि संचारसम्पर्क विच्छेद हुँदा इन्टरनेट, मोवाइल र टेलिफोनको नेटवर्क बन्द हुने गरेको छ । सञ्चारसम्पर्क विच्छेद भएपछि सरकारी तथा गैरसरकारी कार्यालयबाट सर्बसाधारणलाई सेवा प्रवाह गर्न कठिन भएको छ । मेची पहाडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएपछि सर्वसाधारण कठिन जीवनयापन गर्न बाध्य छन् ।

प्रकाशित : श्रावण २९, २०७४ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT