कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोबाट मकवानपुरको बकैया गाउँपालिकामा २ जनाको मृत्यु, ८ बेपत्ता

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा शनिबार राति गएको पहिरोमा परी एक बालकसहित २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । बकैया गाउँपालिकाको मन्थली मंगल ङेसुरसहित परिवारका ६ जना बेपत्ता भएका हुन् । मृत्यु भएका बालक पनि ङेसुरकै परिवारका हुन् ।

पहिरोबाट मकवानपुरको बकैया गाउँपालिकामा २ जनाको मृत्यु, ८ बेपत्ता

मकवानपुरमा शनिबार राति गएको पहिरोमा परी एक बालकसहित २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

बकैया गाउँपालिकाको मन्थली मंगल ङेसुरसहित परिवारका ६ जना बेपत्ता भएका हुन् । मृत्यु भएका बालक पनि ङेसुरकै परिवारका हुन् ।

बकैयाकै बुंगे खोलाले बगाएर ४० वर्षीय वीरबहादुर मोक्तानको पनि ज्यान गएको छ । त्यस्तै छतिवनको जलजलेमा एउटा घर पुरिँदा एक महिला र पुरुष हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारणा हेटौंडा ४ र ५ नम्बर वडा डुबानमा परेका छन् । मनहरी गाउँपालिका खोला पसेर स्थानीयको बिल्लीबाठ भएको छ । कुलेखानी–फाखेलसहितका छोटो दूरीका बाटो अवरुद्ध भएको छ । पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग पनि बन्द भएको छ । प्रहरी, सेनाले उद्दार कार्य जारी राखेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास पनि भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको आइतबार बिहान बसेको बैठकले पीडितको तथ्यांक संकलन गरेर तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?