१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

उद्दार र राहतमा जुट्न पत्रकार महासंघको अपिल

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल पत्रकार महासंघले अधिक वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएको भन्दै उद्दार राहतमा जुट्न अपिल गरेको छ ।

उद्दार र राहतमा जुट्न पत्रकार महासंघको अपिल

महासंघ अध्यक्ष महेन्द्र विष्टले विज्ञप्ती जारी गर्दै बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा गहिरो दु:ख व्यक्त गर्दै संवेदनशील भई सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् । 

‘मौसमविदहरूका अनुसार यस्तो अवस्था अझै केही दिन रहनसक्ने सम्भावना रहेकोले प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थामा भन्दा बढी संवेदनशील भई सूचना सम्प्रेषण गर्नुका साथै प्रभावितहरूको उद्धार र राहतमा जुट्न म सम्पूर्ण सञ्चारकर्मी मित्र एवं आमसञ्चारमाध्यमहरूलाई हार्दिक अपिल गर्दछु,’ विज्ञप्तीमा भनिएको छ ।

विष्टले नेपाल पत्रकार महासंघका सबै शाखाहरूलाई विपत्तिमा उद्धार र राहत टोलीलाई सक्दो सहयोग गर्न एवं पत्रकार र सञ्चारमाध्यममा भएको क्षतिको विवरण संकलन गरी तत्काल महासंघ केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेका छन् ।

प्रकाशित : श्रावण २९, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?