बाँधका ढोका खोल्न एमालेको आग्रह

काठमाडौं — नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । एमालेले कोसी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छ ।

बाढी पहिरोबाट ३० जनाभन्दा बढीको ज्यान गएको छ भने १० जनाभन्दा बढी बेपत्ता, हजारौँ व्यक्ति विस्थापित हुनाका साथै सयौँ घर डुबानमा परेका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दियालगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिनाका साथै कैयौँ बस्तीलाई जोखिममा पुर्‍याएको छ । तराईका अधिकांश नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायत धेरै राजमार्ग र सडकमा पहिरोका कारण आवागमन बन्द छ । रासस

प्रकाशित : श्रावण २९, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

सहारा

रोमाञ्चक जीवनको यात्रा सुरु गर्नमानवता र सहअस्तित्त्वलाई सँगाल्न आऊ, साथी अब विलम्ब नगरौंएक अर्काको सहारा बन्न

रोमाञ्चक जीवनको यात्रा सुरु गर्न

मानवता र सहअस्तित्त्वलाई सँगाल्न
आऊ, साथी अब विलम्ब नगरौं
एक अर्काको सहारा बन्न
विश्वमै चर्चित देश नेपाल
उन्नति गर्दै बनेको छ स्वतन्त्रको हार
जहाँ रमेका छन् सम्पूर्ण नेपाली
बनी एकअर्काको ढाल
सहारा नै हो शान्तिको संकलन
जहाँ ज्ञानीका ज्ञान बनेका छन्
ज्ञानभूमिको पहिरन
उत्पत्ति हुने छ सधैं
सम्पूर्ण नेपालीमा साहसको मुहान
जसरी सूर्य कहिल्यै रिसाउँदैन
चन्द्रमाको प्रशंसा कहिल्यै रोकिँदैन
त्यसरी नै सधैं बन्नेछ, सहारा
सम्पूर्ण नेपालीको विशेष पहिचान
-सृष्टि बन्जारा, कक्षा– ९
इनोभेटिभ स्कुल, काठमाडौं

प्रकाशित : श्रावण २९, २०७४ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT