राहत तथा उद्धारमा खट्न माओवादी अध्यक्ष दाहालको निर्देशन

काठमाडौं — नेकपा(माओवादी केन्द्र)ले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आइतबार प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गरेका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले लनागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरे । पूर्वप्रधानमन्त्री दाहालले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेका विज्ञप्तिमा उल्लेख छ ।

यस्तै माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ । वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूर्ण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए । अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए । रासस

प्रकाशित : श्रावण २९, २०७४ ११:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रसूतिका लागि अस्पताल लैजाँदा गाडी डुब्यो, गर्भवतीसहित ६ को मृत्यु

चितवन — रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा आइतबार बिहान गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका छन् ।

परोरा-३ का चन्दनकिशोर यादवकी श्रीमती २७ वर्षीया शर्मिला यादवको सुत्केरी गराउन बिहान राजपुर फरहदवास्थित स्वास्थ्य चौकी ल्याउँदै गर्दा सडकमा उनीहरु सवार गाडी डुबानमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दन, उनका गर्भवती श्रीमती शर्मिला, ३ वर्षीया छोरी छोटीकुमार यादव, आमा ५४ वर्षीया सुनिता यादव, काकी ३८ वर्षीया ललिता यादव र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनायो । सुनितालाई सुत्केरी व्यथा लागेपछि बिएच२६एवाई १९३९ नम्बरको भारतीय टाटा सफारी जिपमा स्वास्थ्य चौकी ल्याउँदै गर्दा राजपुर ३ स्थित बाटोमा डुबानमा परेको हो ।
 
लगातारको वर्षापछि पानीको सतक बढेको र चालकले सडकमा पानीको अवस्था हेक्का राख्न नसक्दा डुबानमा परी मृत्यु भएको हुनसक्ने प्रहरीले जनायो । उनीहरुको शव घटनास्थलबाट बाहिर निकालिएको छ । लगातारको वर्षापछि रौतहटको अधिकांश भाग डुबानमा परेको छ । सदरमुकाम गौरलगायत क्षेत्र अहिले डुबानमा परेको छ । वर्षाले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ । 

प्रकाशित : श्रावण २९, २०७४ ११:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT