३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

[अपडेट] तीन दिनमा बाढी पहिरोले ५८ जनाको मृत्यु, २३ वेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौं — देशभर आएको बाढी पहिरोका कारण तीन दिनमा ५८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोका सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको ज्यान गएको छ ।

[अपडेट] तीन दिनमा बाढी पहिरोले ५८ जनाको मृत्यु, २३ वेपत्ता

बाढीका कारण झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३, चितवनमा २ जनाको ज्यान गएको छ ।

बाढी पहिरोमा परी २३ जना वेपत्ता र ३२ जना घाइते भएका छन् । बाढी पहिरोले ३ सय बढी घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?