सिरिसिया खोलाको बहाव उच्च भएपछि पर्साका गाउँहरु जलमग्न
पर्सा — वीरगन्ज महानगरपालिका भएर बग्ने सिरिसिया खोलाको बहाव उच्च भएपछि पानी बस्तीमा प्रवेश गरेको छ । वीरगन्जको रानीघाट, राधेमाई, छप्कैया, अलौ, रामगढवालगायत क्षेत्रमा बाढीको पानीले जलमग्न भएको छ ।
वीरगन्ज महानगरपालिका भएर बग्ने सिरिसिया खोलाको बहाव उच्च भएपछि पानी बस्तीमा प्रवेश गरेको छ ।
वीरगन्जको रानीघाट, राधेमाई, छप्कैया, अलौ, रामगढवालगायत क्षेत्रमा बाढीको पानीले जलमग्न भएको छ । ढलको निकास नहुँदा आदर्शनगर, कवि शिरोमणि टोल, नगवा, भिस्वालगायत क्षेत्र पनि जलमग्न छन् ।
यसै गरी पर्साको ग्रामीण भेगका तिलावे, ओरिया, भोडाहा खोलामा आएको बाढीले करिब दर्जन गाउँमा पानी प्रवेश गरेको छ ।
प्रकाशित : श्रावण २९, २०७४ १२:३१प्रतिक्रिया