१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

महान्यायाधीवक्ता रमण श्रेष्ठद्वारा राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौं — महान्यायाधीवक्ता रमण श्रेष्ठले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएको बताए । राजीनामा दिएपछि श्रेष्ठले कान्तिपुरसँग भने, 'प्रधानमन्त्रीकै आग्रह र सल्लाहले राजीनामा पत्र बुझाउन ढिला गरेर उहाँलाई सहयोग गरेको हुँ'।

महान्यायाधीवक्ता रमण श्रेष्ठद्वारा राजीनामा

महान्यायाधीवक्ता रमन श्रेष्ठले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएको बताए ।

राजीनामा दिएपछि श्रेष्ठले कान्तिपुरसँग भने, 'प्रधानमन्त्रीकै आग्रह र सल्लाहले राजीनामा पत्र बुझाउन ढिला गरेर उहाँलाई सहयोग गरेको हुँ'।

उनले आफूलाई नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि समेत अर्को प्रधानमन्त्रीको कानुनी सल्लाकार बनेर नयाँ नजीर स्थापना गरेका छन् । उनको पालामा सरकारी वकिलहरुको क्षमता विकास, मुद्दा अभियोजन व्यवस्थित बनाउने तयारी, प्रहरी र सरकारी वकिलबीच समन्वयकारी संयन्त्र निर्माणको काम भएका थिए ।

त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिलहरु नपरेको भन्दै उनले इजलाश बहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रस्ताव अघि बढाउन सक्रिय भूमिका खेलेका थिए ।

प्रकाशित : श्रावण २९, २०७४ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?