१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खोलाले बगाएर चितवनमा दुई जनाको मृत्यु

विमल खतिवडा

चितवन — चितवनमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । खुरखुरेबाट बंगुर चराएर फर्कंदा पम्पाल खोलाले बगाएर राप्ति नगरपालिका ८ की गुमनकुमारी राना मगरको मृत्यु भएको छ ।

खोलाले बगाएर चितवनमा दुई जनाको मृत्यु

चितवनमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

खुरखुरेबाट बंगुर चराएर फर्कंदा पम्पाल खोलाले बगाएर राप्ति नगरपालिका ८ की गुमनकुमारी राना मगरको मृत्यु भएको छ ।

त्यस्तै इच्छाकामना गाउँपालिका ३ ओरेकमा २३ वर्षीय कमलबहादुर चेपाङको बारबाङ खोलाले बगाएर मृत्यु भएको छ । शनिबार बेपत्ता उनको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले बताए । खोलाले चेपाङलाई दुई सय मिटर तल पुर्‍याएको थियो ।

यसैबीच ठाउँ ठाउँमा पहिरो झरेका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । शनिबार दिउँसो दुई बजेबाट बन्द भएको सडक अहिलेसम्म खुलेको छैन । चारकिलो, चोरखोलालगायत स्थानमा पहिरो झरेका छन् । ठुलो पहिरो नभए पनि पानी पर्ने र ढुंगा खस्ने क्रम जारी रहेकोकाले पहिरो पन्छाउन समस्या भएको नारायणगढ-मुग्लिन सडक आयोजनाका आयोजनाका इञ्चिनयर शिव खनालले बताए । उनका अनुसार पहिरो हटाउन ६ लोडर र २ स्काभेटर तयारीमा छन् ।

प्रकाशित : श्रावण २९, २०७४ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?