कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ दिनपछि एकतर्फी खुल्यो दाउन्ने

नवीन पौडेल

नवलपरासी — पहिरोका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको दाउन्नेमा एक तर्फीरुपमा सडक खुलेको छ । दाउन्नेको एसमोडनजिकै डाँडाबाट आउने भलको पानीले करिब पचास मिटर बगाएको सडकमा अस्थाई डाईभर्सन बनाएर यातायात सुचारु गरिएको ट्राफिक प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

२ दिनपछि एकतर्फी खुल्यो दाउन्ने

दुई दिनसम्म अलपत्र परेका यात्रुलाई एकतर्फी भएपनि यातायात सञ्चालन भएपछि राहतको महसुस गरेका छन् । दाउन्ने खण्डको १५ किलोमिटरमा एक दर्जन बढी स्थानमा पहिरो र रुख ढलेको छ । 

सडक बगाएपछि बैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई सडक डिभिजन र प्रहरीले अनुरोध गरेको छ । दाउन्नेकै ज्यामीरेमा आज फेरी सडक भासिएपछि यातायात सञ्चालनमा थप कठीनाई भएको छ । लामो समयसम्म अलपत्र परेका यात्र र सवारीलाई सुचारु गराएको भएपनि पहिरो खसिरहेकाले नियमित यातायात सञ्चालनका लागि भने कठीनाई हुने प्रहरीले जनाएको छ । 

प्रकाशित : श्रावण २९, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?