कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा पहिरोले घर पुर्दा एकै घरका ६ जना वेपत्ता

बाढी र पहिरोले मृत्यु हुनेको संख्या ६
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको बकैया गाउँपालिका १० मन्थलीमा पहिरोले घर पुर्दा एकै परिवारका ६ जना वेपत्ता छन् । पहिरोले पुरेको घरबाट एक जना ७ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ । अन्य ६ जना वेपत्ता छन् ।

मकवानपुरमा पहिरोले घर पुर्दा एकै घरका ६ जना वेपत्ता

शुक्रबारदेखि आएको अविरण वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ । 
बकैया गाउँपालिका १ मा आइतबार खोला तर्ने क्रममा आमा छोराको बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीया सुनमाया मोक्तान र १३ वर्षीय विशाल मोक्तान छन् । 

यस्तै, हेटौंडा उपमहानगरपालिका १३ पोखरीमा स्थानीय खोलाले बगाएर २५ वर्षीय ज्ञानबहादुर डिमडुङको मृत्यु भएको छ । 

शनिबार मकवानपुरमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको थियो । 

प्रकाशित : श्रावण २९, २०७४ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?