कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो मार्ग अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौं — हेटौंडाबाट राजधानी छिर्ने छोटो तथा वैकल्पिक मार्ग सिस्नरी र फाखेलका सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरो खुलाउन स्थानीय र प्रहरीले बिहानैदेखि प्रयास गरेका छन् ।

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो मार्ग अवरुद्ध

साथै, त्रिभुवन राजपथको लामीडाँडामा पनि सडक अवरुद्ध भएको छ । ढुंगा खसेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पूर्व पश्चिम राजमार्गको चुरियामाईदेखि लोथर खण्डमा १५ स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

प्रकाशित : श्रावण २९, २०७४ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?