कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणीले एउटा गैंडा र ७ वटा हरिण बगायो

एक हरिणको जिवितै उद्धार

नवलपरासी — नारायणी नदीमा आएको बाढीले नवलपरासीमा एउटा गैंडा र ७ वटा हरिण बगाएको छ । अर्को एउटा गैंडा चितवन निकुन्जको सानो टापुमा अलपत्र परेको छ । पछाडिका दुइवटै खुट्टा भाँच्चिएको एउटा कलिलो हरीणको भने जिवितै उद्धार गरिएको छ ।

नारायणीले एउटा गैंडा र ७ वटा हरिण बगायो

नवलपरासीको मध्यबिन्दु नगरपालिका–३ मा रहेको रतनपुर पारीको निकुन्जको टापुमा चर्दै गरेको एउटा गैंडा भेलले बगाएको हो । बगाएको गैंडा तल कतै निस्कन सक्ने स्थानीयको आंकलन छ । ठूलो बाढीले बगाएको हरीण भने बाँच्न मुस्किल हुने स्थानीय बताउँछन् ।

नन्दपुरमा रहेको नारायणी हाइट रिभरसाइड रिर्सोटका संचालक सन्तोष सापकोटाका अनुसार दिउँसो ११ बजे टापुमा बढेको पानी बाट निस्कन खोज्दा एउटा वयस्क गैंडालाई नारायणीको बाढीले बगाएको हो । एउटा गैडा अहिलेपनि पानीले जलाम्य बनाएको सानो टापुमा अलपत्र परेको छ ।

स्थानीयका अनुसार अर्को एउटा गैंडा अहिले सांझ ६ बजे सम्म रतनपुर टापुमा अलपत्र परेको छ । चर्दै रहेको गैंडालाई चारैतिरवाट बढेको नारायणीको भेलले घेरेको छ । गैंडा हेर्न सर्वसाधारणको भिड लागेको थियो ।

टापुबाट भागेर आएको एउटा हरीणको भने नदीको तटबन्धनमा परेर पछाडिको दुवै खुट्टा भाँचिएको हो । इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाको टोलीले घाइते हरिणलाई ल्याएर इलाका वन कार्यालय कावासोतीमा बुझाएको छ ।

बगाएको स्थानवाट २१ किलोमिटर दक्षिण पक्लिहवास्थित रेडिकल एकेडमीका प्रिन्सीपल उमा गरीले सुस्तादेखि वारीको पक्लिहवामा साँझ स्थानीयले २ वटा मृत हरिण नदीबाट निकालेको जानकारी दिए । उनले यस्तो भेलमा हरेक वर्ष जंगली जनावर बगाएर ल्याउने गरेको सुनाए ।

प्रकाशित : श्रावण २९, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?