कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरीद्वारा ४८ लाख मुल्य वरावरको सुन वरामद

प्रताप विष्ट

हेटौडा — अवैध ढंगले ल्याएको सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ४८ लाख मुल्य बराबरको एक केजी सुनसहित सिराहा लहान ८ का ३६ वर्षीय नन्दकिशोर महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सुराकीको आधारमा बा १२ च ६७९० नम्बरको कारलाई रातोमाटेमा चेक गर्ने क्रममा प्रहरीलाई छली भागेको थियो । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले गाडीलाई पछ्याउँदै जाँदा चुरियामाईमा पक्राउ गर्न सफल भएका थिए ।

गाडी नियन्त्रमा लिएर खानतलासी गर्ने क्रममा गाडीको सिट मुनी कार्टुन टेपले बेरेर ल्याएको १ केजी सुन प्रहरीले फेला पारेको थियो ।

प्रहरीले बरामद सुन, पक्राउ परेको व्यक्ति र कार मध्यमाञ्चल राजश्व अनुसन्धान विभाग पथलैयामा थप अनुसन्धान गरेर कारवाही गर्न पठाएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?