कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बर्दियामा करिव १५ हजार विस्थापित, दुईको मृत्यु, एक बेपत्ता

कमल पन्थी

गुलरिया — शुक्रवार रातीबाट परेको अविरल वर्षाले बबई, कर्णाली र मानखोलामा आएको बाढीले झण्डै १ लाख बासिन्दा प्रभावित भएका छन् । ति मध्ये करिब १५ हजार विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले जनाएका छन् ।

बर्दियामा करिव १५ हजार विस्थापित, दुईको मृत्यु, एक बेपत्ता



बाढीले दुई जनाको ज्यान जानुका साथै एक बेपत्ता भएका छन् भने तीन जना घाईते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बाढीबाट ठाकुरबाबा नगरपालिका—२ का ७० वर्षीया साउनी थारु र सोही ठाउँका ६० वर्षीय गोविन्द थारुको मृत्यु भएको हो । बारबर्दिया—१० का राजेन्द्र चौधरी शुक्रबारदेखि बाढीले बगाउदा वेपत्ता छन् ।

बाढीबाट सबै भन्दा बढी गुलरिया नगरपालिकामा करिब ५० हजार जनसंख्या प्रभावित भएका छन् । बाढीले उद्दार हुन नसकेका बारबर्दिया नपा ढुग्रहीका १५, गुलरिया नपाको महजीदियाका ६८, वालापुरका ५०, संगमबस्तीका १ सय ५० र ठाकुरबाबा नपा खैलारका १५ परिवारलाई हेलीकोप्टरबाट उद्दार गर्ने तयारी भईरहेको छ । बाढी बाट प्रभावित ५ हजार १ सय ३ जनालाई उद्दार गरिएको प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले बताए ।

उद्दार गरिएकालाई शिक्षा कार्यालय, विभिन्न विद्यालय, गुलरिया नगरपालिकाको कार्यालयमा राखिएको छ । बाढीले जिल्ला अस्पताल, विद्युत प्राधिरकण, जिल्ला ट्राफिकलगायतका कार्यालय डुवानमा परेका छन् । बाढीका कारण विद्युत सेवा दुई दिन देखि ठप्प भएको छ । अस्पतालमा बाढीको पानी पसेपछि उपचार्थ जाने विरामी जान सकेका छैनन् ।

बाढीका कारण जिल्लाका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । गुलरिया—नेपालगञ्ज, मधुवन, रम्मापुर सडक खण्ड बाढीको डुवानले यातायात सेवा बन्द भएको छ । गुलरिया—नेपालगन्ज खण्डको केही ठाउँ भत्काउनका साथै करिब चार किमि सडक डुवानमा परेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?