कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नारायणी नदीले खतराको निशान पार गरेसँगै आफ्नो भुभाग जोगाउन भारतले गण्डक ब्यारेजका सबै ढोका खोल्यो

नवलपरासी — नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ । नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतबार दिउँसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार क्यूसेक लिटर भएपछि भारतले आफ्नो भुभाग जोगाउन ती ढोका खोलेको हो ।

नारायणी नदीले खतराको निशान पार गरेसँगै आफ्नो भुभाग जोगाउन भारतले गण्डक ब्यारेजका सबै ढोका खोल्यो

नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ ।

नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतबार दिउँसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार क्यूसेक लिटर भएपछि भारतले आफ्नो भुभाग जोगाउन ती ढोका खोलेको हो ।

नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगेको भारतले ती ढोका बन्द गरेर आफ्ना तर्फ (गण्डकको पूर्वी र पश्चिमी नहर) पानी लैजाँदा जिर्ण नहर फुट्न सक्ने भएकाले आफ्नो नहर जोगाउन सबै ढोका खोलेको हो । सबै ढोका खोलिएपछि नारायणी नदीमा पानी बग्छ र उसको नहरमा क्षतिको सम्भावना न्यून हुन्छ ।

पूर्वको कोशीमा आएको बाढीले शनिबार नेपाली भुभाग डुबानमा पार्दा पनि नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतलाई ब्यारेजको ढोका खोल्न आग्रह गर्न परेको थियो ।

गण्डकमा बाँध बनाएर भारतले गण्डक पश्चिमी नहरबाट उत्तर प्रदेशका विभिन्न भागमा सिंचाई गर्न १६ हजार ५ सय क्यूसेक लिटर ( प्रतिसेकेण्ड ) पानी लगेको छ । त्रिवेणीवाट १९.२ किलोमिटर नेपाली भुभाग हुँदै उत्तर प्रदेश लगेको नहरको बेलाटारी नजिक बाढीले कटान गरेको छ ।

आफ्नो नहरमा पूर्ण क्षमतामा पानी लैजाँदा नहर भत्किने त्रासमा रहेको भारतले नहरमा पानी बन्द गरेको हो ।

गण्डक सम्झौता अनुसार नेपाली भुभागमा बनाइएको गण्डक ब्यारेजको ढोका खोल्ने साँचो भारतीयको जिम्मामा रहेको छ । भारतले गण्डक पूर्वी र पश्चिमी नहरबाट ३४ हजार क्यूसेक पानी भारतको बिहार र उत्तर प्रदेशमा सिंचाइकालागि लगेको छ ।

गण्डक सम्झौता अनुसार गण्डक नहरका कारण नेपाली भुभागमा हुने डुबान र कटान नियन्त्रणको जिम्मा भारत सरकारको हो । उसले नेपालको नवलपरासी नेपाली भुभाग सिंचाइकालागि बनाएको नहरमा ३ सय ५० क्यूसेक क्षमताको छ । त्यसमा पानी खोल्ने जिम्मा पनि भारतको हातमा छ ।

याे पनि पढ्नुहाेस् : नारायणीमा पानीको सतह खतराको निशानभन्दा माथि, ५०० घर डुबानमा

प्रकाशित : श्रावण २९, २०७४ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?