बबई नदीको टापुमा नौ जना अल्झिए, उद्धार जारी

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बटलपुरस्थित बबई नदीको बीच भागमा रहेको टापुमा नौ जना व्यक्तिहरु फसेको प्रहरीले जनाएको छ ।

टापुमा अल्झिएको खबर पाएपछि अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी र नेपाली सेना सहितको टोली उद्धारका लागि खटिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले बताएका छन् ।

दुई दिनदेखिको निरन्तर बर्षाले बबईमा पानीको वहाव बढिरहेको उनले जानकारी दिए । जसका कारण नदी आसपासका बासिन्दा रातभर जाग्राम बसिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?