कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोरखामा स्वाईन फ्लु देखियो

सुदीप कैनी

गोरखा — जिल्लामा बिरामी परेका ५ जनामा स्वाईन फ्लु देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा ५ जना बिरामीमा एचवान एनवान भाईरस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखामा स्वाईन फ्लु देखियो

जिल्लामा बिरामी परेका ५ जनामा स्वाईन फ्लु देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा ५ जना बिरामीमा एचवान एनवान भाईरस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘मान्छेबाट मान्छेमा भाईरस सर्दै रोग फैलिएको हुनसक्छ’, कार्यालयका महामारी रोग विशेषज्ञ नानीबावु दानीले भने । सुगुरबाट भाइरस सरेको भए खतरा हुने उनले बताए ।

सिरानचोक गाउँपालिका–६ स्थित गाखुँमा फैलिएको सिजनल इन्फुन्जा स्वाईन फ्लु वा बर्ड फ्लु हुन सक्ने आशंका परीक्षणका लागि बिरामीको खकारा प्रयोगशाला पठाईएको थियो ।

गाखुँमा श्रीमान श्रीमति र गोरखा नगरपालिकास्थित लक्ष्मीबजारका ३ जनामा भाइरल देखिएको हो । ती श्रीमान श्रीमतिको काठमाडौंमा उपचार भई रहेको छ भने ३ जना पुरुष जिल्ला स्थित एक अस्पतालमा उपचार गराएर डिस्चार्ज भई सकेका छन् ।

स्वाईन फ्लुको भाईरस महिला, बालबालिका र गर्भवतीलाई छिटो सर्न सर्ने भन्दै कार्यालयले सर्तकता अपनाउन सुझाव दिएको छ । गाखुँमा मात्रै एक सय भन्दा बढी बिरामी रहेको दानीले बताए । धेरै संख्यामा स्थानिय बिरामी परेपछि कार्यालयले जिल्लाबाट स्वास्थ्यकर्मीको टोली समेत खटाएको छ । बिरामीहरुमा रुघाखोकी लाग्ने, घाटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको छ ।

गाखुँमा घरपालुवा कुखुरा, परेवा लगायत पंक्षिहरु समेत मरेको स्थानियबासीले बताएका छन् । अघिल्लो हप्ता देखि पक्षिहरु बिरामी परेको उनीहरुको भनाई छ । दुई मध्ये एक फ्लुको प्रकोप फैलिएको हुन सक्ने अनुमान कार्यालयले यसअघि नै गरेको थियो । जनस्वास्थ्य कार्यालयले जिल्ला पशु सेवा कार्यालयलाई समेत पत्रचार गरेको छ ।

उक्त पत्र जिल्ला प्रशासन कार्यालय, गाउँपालिका कार्यालयलाई समेत आवश्यक सहयोग गरिदिनु हुन भन्दे बोधार्ध दिईएको छ । बिरामीको घाटीमा आउने र्‍यालहरु कपासमा संकलन गरेर प्रयोगशाला पठाईएको थियो । बिरामीहरुमा रुघाखोकी सँग मिल्दोजुल्दो लक्षण देखिएको हो । ‘सिजनल फ्लुका रुपमा भाईरल फैलिएकाले आत्तिनु पर्ने अवस्था छैन’, उनले भने, ‘सजक चाहि हुनुपर्छ ।’

प्रकाशित : श्रावण २९, २०७४ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?