१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुरद्वारा बाढी–पहिरो राहत कोष स्थापना

कान्तिपुर संवाददाता

काठमाडौं — कान्तिपुर फाउन्डेसनले तराईलगायत मुलुकका विभिन्न भेगमा आएको बाढी–पहिरोका पीडित समुदायमा तत्काल राहत पुर्‍याउने उद्देश्यले ‘कान्तिपुर बाढी–पहिरो राहत कोष’ स्थापना गरेको छ । कान्तिपुर मिडिया ग्रुपले ११ लाख रुपैयाँ राखेर यो कोषको थालनी गरेको हो ।

कान्तिपुरद्वारा बाढी–पहिरो राहत कोष स्थापना

फाउन्डेसन कान्तिपुर मिडिया ग्रुप (केएमजी) द्वारा प्रबद्र्धित गैरनाफामूलक कल्याणकारी संस्था हो । राहत कोषमार्फत अकल्पनीय विपत्तिका पीडितहरूको सहयोगार्थ हातेमालो गर्न फाउन्डेसनले सबैलाई आह्वान गरेको छ ।
 
कोषमा ११–११ लाख रुपैयाँ सहयोग गरी नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक र नेपाल मेडिसिटी हस्पिटल साझेदार बनेका छन् । केएमजीका अनुसार कोषमा हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्ति एवम् प्रतिष्ठान/संस्थाहरुको नाम कान्तिपुर, दी काठमान्डू पोस्ट र ई–कान्तिपुरमा प्रकाशित हुनेछ । कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरमा पनि प्रशारित गरिनेछ । पाँच लाख रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्नेहरुको नामावली तस्बिरसहित प्रकाशित/प्रशारित गरिनेछ । 

कोषमा जम्मा हुने रकम बाढी–पहिरोबाट सर्वाधिक प्रभावित क्षेत्रमा सम्बन्धित जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत् वितरण गरिने फाउन्डेसनले जनाएको छ । 

 

प्रकाशित : श्रावण २९, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?