कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

डा. केसीका माग पूरा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको देउवालाई आग्रह

कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले डा. केदारभक्त माथेमा कार्यदलले दिएको सुझावअनुसार स्वास्थ्य क्षेत्रको सुधारका निम्ति अनशनरत डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

डा. केसीका माग पूरा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको देउवालाई आग्रह



समितिको आइतबारको बैठकमा बोल्ने अधिकांश सदस्यले केसीका माग पूरा गर्न आग्रह गरेको हो । समिति सदस्य अर्जुननरसिंह केसी र महेश आचार्यलगायतले डा. केसी अनशन बसेको २१ दिनसम्म पनि सरकारले माग सम्बोधन गर्न नसकेकामा प्रधानमन्त्री देउवाप्रति रोष प्रकट गरेका थिए । उनीहरूले बेलैमा माग सम्बोधन गर्न नसक्दा त्यसको असर पार्टीलाई परेको भन्दै तत्काल माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक अघि बढाउन सरकारलाई आग्रह गरेका थिए ।

प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले नमानेकाले केसीका माग सम्बोधन गर्न समस्या भइरहेको तर्क गरेका थिए । ‘माथेमा कार्यदलको प्रतिवेदनलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वकै सरकारले अघि बढाएको हो, त्यसपछि र अघिका सरकारले समेत सम्झौता गरेका छन्,’ कांग्रेस नेता केसीले भने, ‘अहिले किन ढिलाइ हुँदैछ ? प्रतिवेदन कार्यान्वयन गर्ने गरी तत्काल सरकारले अनशनरत केसीसित सम्झौता गर्नुपर्छ । उहाँको स्वास्थ्यमा तलमाथि केही भयो भने त्यसको सम्पूर्ण अपजस कांग्रेसले भोग्नुपर्छ ।’

आचार्यले पनि अरू दलले के भन्छन् भन्ने आधारमा नभएर कांग्रेसले के गर्नुपर्छ भन्ने सोचेर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘यो गम्भीर विषय हो, यसलाई तत्काल सल्टाउनुपर्छ,’ उनले भने । 

प्रकाशित : श्रावण २९, २०७४ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?