सुस्तामा पश्चिम गण्डक नहरको बाँध फुटाउने स्थानीयको प्रयास

नवीन पौडेल

नवलपरासी — गण्डक नहरको पानीको कारण बस्ती र खेती डुबानमा परेको भन्दै सुस्ताका स्थानीयले भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरेका छन् । लगातारको वर्षाले जिल्लाको सुस्ता गाउँपालिकाको १र २ डुबान परेपछि स्थानियले बाधंको कारण पानीले निकास नपाउदा डुवान परेको भन्दै बाँध फुटाएर जमेको पानी निकास गराउने प्रयास गर्दा नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

सुस्तामा पश्चिम गण्डक नहरको बाँध फुटाउने स्थानीयको प्रयास

गण्डक नहरको पानीको कारण बस्ती र खेती डुबानमा परेको भन्दै सुस्ताका स्थानीयले भारतीय मुख्य पश्चिम नहर फुटाउने प्रयास गरेका छन् ।

लगातारको वर्षाले जिल्लाको सुस्ता गाउँपालिकाको १र २ डुबान परेपछि स्थानियले बाधंको कारण पानीले निकास नपाउदा डुवान परेको भन्दै बाँध फुटाएर जमेको पानी निकास गराउने प्रयास गर्दा नेपाली सुरक्षाकर्मीले रोकेका थिए । नारायणी नदीमा आएको बाढीका कारण नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्र्तगतको सत्तपति र महलबारीमा डुबान परेका छन् । डुबानको कारण करिब १ हजार बिगाहाभन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु खेती नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताए ।

बर्सेनी बस्ति डुबान हुने र खेतीयोग्य जमीन कटान गरेको गुनासो नेपाली प्रशासन र भारतीय पक्षलाई समेत पटक पटक जानकारी गराउँदा समेत वेवास्ता गरेका कारण बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए ।

वर्षायाममा पानीको बहाव बढी हुने र बस्तिमा जम्मा भएको पानीले बाँधको कारण निकास नपाउने भएकाले साईफन निमार्ण गरीदिन आग्रह गरेपनि बेवास्ता गरेका कारण करिब एकसय ५० जना स्थानीयले कुटो, कोदालो र गैची लिएर बाँध फुटाउन लागेको समयमा स्थानीय प्रशासनले रोकेको थियो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार नेपाली भुमीमा नै पर्ने भारतीय गण्डक नहर फुटाउने प्रयास गरेको स्वीकार्दै तत्काल सुरक्षाकर्मी लगाएर रोकीएको बताए ।

‘गण्डक सम्झौता अनुसार वर्षौं पहिले निमार्ण गरिएको भारतीय नहर नेपाली भुमीमा पर्दछ, सो नहर फुटेमा पानीको बहाब बढ्दा पुन: नेपाली भुमीमा नै असर पुग्दछ,’ उनले भने, ‘समस्या बारे गृह मन्त्रालय र भारतीय पक्षलाई समेत जानकारी गराएर स्थानीयसँग समस्या समाधानका लागि पहल गरीएको छ ।’

प्रकाशित : भाद्र १, २०७४ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?