१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धरानलाई रक्तदाताको सहर बनाउने अभियान सुरु

प्रदीप मेन्याङ्बो

धरान — विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ४० पिन्टभन्दा बढी रगत खपत हुने भएकाले धरानलाई रक्तदाताहरुको सहर बनाउन अभियान सुरु भएको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले धरानलाई रक्तदाताहरुको शहर बनाउने अभियानको पहल गरेको छ । बराहले आफ्नो स्थापनाको २३ आंै वार्षिकोसत्वको अवसरमा सुरु गरेको रक्तदान अभियानमा शनिबारको दिन १ हजार १ सय ६३ पिन्ट रगत संकलन भएको छ ।

धरानलाई रक्तदाताको सहर बनाउने अभियान सुरु

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ४० पिन्टभन्दा बढी रगत खपत हुने भएकाले धरानलाई रक्तदाताहरुको सहर बनाउन अभियान सुरु भएको छ ।

बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले धरानलाई रक्तदाताहरुको शहर बनाउने अभियानको पहल गरेको छ । बराहले आफ्नो स्थापनाको २३ आंै वार्षिकोसत्वको अवसरमा सुरु गरेको रक्तदान अभियानमा शनिबारको दिन १ हजार १ सय ६३ पिन्ट रगत संकलन भएको छ ।

धरानमा एकै दिनमा संकलन भएको उक्त परिणामको रगत नेपालमै दोस्रो तथा पूर्वाञ्चलमा पहिलो भएको नेपाल रेडक्रस सोसाइटी सुनसरीले जनाएको छ । पूर्वाञ्चलमा रगतको अभाव परिपूर्ति गर्ने र भदौ ५ गते आयोजना हुन लागेको बराहको २३ औंै वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम मार्फत धरानलाई रत्तदाताको सहर बनाउने अभियान सुरु गरेको बराह इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिव लामिछानेले बताए ।

संकलित रगत रेडक्रसको ब्लड बैंकमा राखिने छ । साँझ पाँच बजेपछि पनि रक्तदान गर्नेहरु आएपनि ब्लड बैंकमा रगत राख्ने स्थानको अभाव भएको भन्दै दाताहरुलाई फर्काइएको थियो । बराहले रक्तदानकालागि धरानका चार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बराहका धरान शाखा प्रमुख मानबहादुर दियलीले सामाजिक क्षेत्रमा पनि योगदान दिंदै जाने उदेश्यले धरानलाई रत्तदाताको शहर बनाउने अभियान सूरु गरेको बताए ।

रक्तदान कार्यक्रममा धरान– १३ जिरोप्वाइन्टमा २ सय ११, धरान १५ श्याम चौकमा १ सय ४०, धरान १७ रेल्वेमा १ सय ८७ र सबैभन्दा बढी भानुचौकको लोकतान्त्रिक चौतारीमा ६ सय ५ पिन्ट रगत संकलन गरेको थियो । बराहको धरान, काठमाण्डौ, पोखरा, हङकङ, र युकेमा व्यापारिक शाखाहरु रहेका छन् ।

प्रकाशित : भाद्र ३, २०७४ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?