राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली

काठमाडौं — तराईमा बाढीपहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् ।

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली

निजी विद्यालयहरूले विद्यालयको सहयोग भन्दै सरकारलाई बुझाएर नाम कमाउन विद्यार्थीसँग रकम उठाएका हुन् । सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक विद्यार्थीलाई बाढीपीडितका लागि दुई सय रुपैयाँ अनिवार्य ल्याउन उर्दी गरेको पाइएको छ ।

रानाले विद्यार्थीलाई राहत रकम अनिवार्य नगरिएको दाबी गरिन् । कपडा संकलन गर्ने योजना बनाइए पनि पुरानो कपडा संकलन हुने भएपछि पैसा संकलन गरिएको उनले बताइन् । विद्यार्थी र शिक्षकबाट उठेको रकमसँगै विद्यालय व्यवस्थापनले समेत रकम थप गरेर सरकारलाई हस्तान्तरण गरिने उनले बताइन् ।

अभिभावकसँग निश्चित रकम तोकेरै उठाएर आफ्नो विद्यालयले सहयोग गरेको भन्दै चर्चामा आउन यस्तो गरिएको भन्दै अभिभावकले विरोध गरेका छन् । ‘बाढीपीडितलाई सहयोग गर्नु थियो भने विद्यालयले जति सक्छ, त्यति गरे भइहाल्थ्यो नि,’ एक अभिभावकले भने, ‘हामीसित किन जबर्जस्ती मागियो ?’

प्रकाशित : भाद्र ४, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?