२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बाबुराम भट्टराईलाई अर्को झट्का, नयाँ शक्तिका २०६ केन्द्रीय नेता बाहिरिए

टीकाराम तामाङ

काठमाडौं — नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई फेरि अर्को झट्का लागेको छ । '१५ भाइ'सहितका केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेको साता दिन बित्न नपाउँदै ठूलो संख्यामा केन्द्रीय परिषद् सदस्यहरुले 'विद्रोह' गरेपछि नयाँ शक्तिलाई अर्को चोट लागेको हो ।

बाबुराम भट्टराईलाई अर्को झट्का, नयाँ शक्तिका २०६ केन्द्रीय नेता बाहिरिए

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई फेरि अर्को झट्का लागेको छ ।

'१५ भाइ'सहितका केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेको साता दिन बित्न नपाउँदै ठूलो संख्यामा केन्द्रीय परिषद् सदस्यहरुले 'विद्रोह' गरेपछि नयाँ शक्तिलाई अर्को चोट लागेको हो । संयोजक बाबुराम भट्टराईलाई छाडेर संघीय परिषद् सदस्य बलराम पुन नेतृत्वमा २ सय ६ जनाले देवेन्द्र पौडेल समूहलाई समर्थन गरेको संयुक्त विज्ञप्तिमार्फत् घोषणा गरेका छन् ।

केही दिनअघि गठित पौडेलको नेतृत्वमा ध्रुविकरण केन्द्रीय संयोजन समितिमा उनीसहित कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पालगायत १५ जना केन्द्रीय नेता छन् । ती विद्रोही समितिलाई '१५ भाइ' को रुपमा चिनाइएको छ । पौडेल समूहले पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै नयाँ शक्तिले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

पार्टीबाट निष्कासनमा परेको समूह पर्सी म‌ंगलबारसम्ममा माओवादी केन्द्रमा प्रवेशको तयारी छ । १५ भाइमध्येका एक पासाङ शेर्पाले कान्तिपुरसँग भने, 'माओवादी केन्द्रमा प्रवेशका लागि छलफल भइरहेको छ । सम्भवत पर्सि ६ गते हुन्छ ।' उनले आफूहरुलाई मा‌‌ओवादी केन्द्रमा दिइने जिम्मेवारीलगायत विषयमा छलफल चलिरहेको बताए ।

नयाँ शक्ति छाडेका रामचन्द्र झा, रामकुमार शर्मालगायत दर्जन नेता भने आइतबार नै माओवादी केन्द्र प्रवेश गरिसकेका छन् ।

हेर्नुहोस् नयाँ शक्तिका विद्रोही समूहलाई समर्थन गर्नेहरु

प्रकाशित : भाद्र ४, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?