पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

काठमाडौं — नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
आज बिहान १० बजेबाट मतदान सुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज बिहान १० बजेबाट मतदान सुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

महासंघको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना (विद्रोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भइरहेको छ । पैंतालीस सदस्यीय कार्यसमितिका लागि आज दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन् ।

मतगणना नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिए । रासस

प्रकाशित : भाद्र ५, २०७४ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?