कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री देउवासँग भारतमा रहेका नेपालीको मागैमाग

कमलदेव भट्टराई

नयाँदिल्ली — भारतमा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी नेपाली संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालीले भोगेका समस्याहरु समेटेर ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री देउवासँग भारतमा रहेका नेपालीको मागैमाग

ज्ञापनपत्र लिएपछि नेपाली दूतावासमा भेलाभएका नेपालीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतमा रहेका नेपालीहरुले नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन काम गर्नुपर्ने बताए । देउवाले खुला सीमा लगायत विभिन्न कारणले नेपाल र भारतको सम्बन्धविशेष रहेको बताए । उनले भारत निवासी नेपालीको समस्या समाधान गर्ने आश्वासन समेत दिएका छन् ।

प्रवासी नेपाली संगठनका मागहरु यस प्रकार रहेका छन् ।

  • भारतमा अस्थायी पेसामा लागेका नेपाली वा व्यापार व्यवसायअन्य संस्थामा कार्यरत नेपालीहरुको बैंक तथा फाइनान्स संस्थामा खाता खोल्न निकै कठिनाई देखिएकाले नेपाली राजदूतावासबाट आवश्यक काजपत्र जारी गरी त्यसको आधारमा खाता खोल्न सक्ने व्यवस्था मिलाइने प्रवधान गरियोस् ।
  • दूरसञ्चारका सम्बन्धमाअन्य देशहरुसरह लाग्ने सार्क मुलुकमा पनि निर्धारण गरी नेपाल–भारत बीचमा हुने फोन सेवा सोहीबमोजिम साधारण निम्न शुल्क निर्धारण गर्न ।
  • महिला अपहरणकारी, तस्करी, नारी उत्पीडन, बलात्कार, चेलिबेटी बेचबिखनजस्तो कार्य गर्ने अपराधीलाई आवश्यक कारबाही तथा सजाय ।
  • नेपालबाट भारत तथा चीन सीमाहरुका प्रत्येक नाकामा सीसीटीभी जडान र प्रशासनमा सुधार ।
  • शिक्षालाई गुणस्तरीय बनाउन शिक्षा नीतिमा परिवर्तन गरी शिक्षक र कर्मचारी वर्गले राजनीति गर्न नपाउने व्यवस्था गरियोस् ।
  • देशका कृषकलाई माथि उठाउन कृषक विमा योजना कृषि विकास बैंकमार्फत लागू गरियोस् ।
  • तराई क्षेत्रमा जथाभावी कृषियोग्य जमिन भूमाफियाहरुले खरिद बिक्री गर्ने काम रोक्का गर्नुपर्ने ।
  • वन तथा जंगल फँडानी गरी बस्ती बसाउने काम तत्काल रोक लगाउन ।
  • नेपालबाट सार्क मुलुकमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुलाई सम्बन्धित देशको प्रचलित मुद्रामा शुल्क भुक्तान गरिनुपर्ने ।
  • नेपालबाट चेलीबेटीहरुलाई भारतबाट खाडी मुलुकमा पुर्‍याई बेच्ने कार्य बढ्दो भएकोले तत्काल त्यस्तो दलालको पहिचान, कारबाही तथा चेलीहरुलाई चेतनाको प्रचार गर्नेलगायत छन् ।

प्रकाशित : भाद्र ७, २०७४ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?