२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रदेश २ मा सक्रिय हुन एमालेको निर्देशन

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को चुनावका लागि सक्रिय हुन पार्टीका सबै कमिटीलाई निर्देशन दिएको छ । एक चरणको स्थलगत चुनावी कार्यक्रम सम्पन्न गरिसकेको एमालेले निर्वाचन मिति नजिकिँदै जाँदा पुन: विशेष अभियान अघि बढाउन निर्देश गरेको हो ।

प्रदेश २ मा सक्रिय हुन एमालेको निर्देशन

स्थायी कमिटीको बुधबारको बैठकले पार्टीको सम्पूर्ण शक्ति प्रदेश २ मा केन्द्रित गर्ने निर्णय गरेको छ ।

बैठकले त्यसका लागि प्रदेश केन्द्रित गतिविधि बढाउन मातहत सबै संगठनलाई आग्रह गरेको छ । एमालेले प्रदेश २ को चुनावका लागि केन्द्रबाटै जिल्ला–जिल्लाको कमान्ड गर्ने गरी पदाधिकारी तहका नेतालाई जिम्मेवारी दिइसकेको छ । जिम्मेवारी पाएका सबै नेताले पहिलो चरणको अभियान सकेर केन्द्रलाई प्रारम्भिक रिपोर्ट बुझाइसकेका छन् । 

बैठकमा आगामी मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावबारे पनि समीक्षा गर्दै त्यसका लागि पनि पार्टीपंक्तिलाई सक्रिय बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो शुक्रबार निर्वाचन आयोगमा पार्टी दर्ता गर्न उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी दिइएको उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?