आज के गर्दैछन् दिल्लीमा देउवा?

कमलदेव भट्टराई

नयाँ दिल्ली — बुधबार पाँच दिने भारतको राजकीय भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाको आज दिल्लीमा व्यस्त कार्यतालिका रहेको छ । बिहानदेखि बेलुका अबेरसम्म देउवा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त रहने छन् ।

देउवाको आजको मुख्य कार्यक्रम यस्ता छन् ।

·       ९ बजे राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन

Yamaha

·       ९:३० बजे गान्धी समाधी स्थलको भ्रमण

·       १०:३० मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटघाट

·       ११:२५ मा देउवा र मोदीको भेटघाट

·       १२ बजे डेलिगेसन तहको भेटघाट

·       १ बजे सहमतिहरुको आदानप्रदान

·       १ देखि ३ बजेसम्म लञ्च तथा  अन्य अनौपचारिक भेटघाट

·       ३:३५ मा भारतिय अर्थमन्त्री अरुण जेट्लीले भेट्ने

·       ४:१५ मा भारतिय उपराष्ट्रपतिलाई भेट्ने

·       ५ बजे भारतिय राष्ट्रपतिलाई भेट्ने

·       यस बाहेकको समयमा देउवालाई भारतका विभिन्न राजनितिक दलहका नेताहरुले भेट्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित : भाद्र ८, २०७४ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजनीतिक उपलब्धि पछि अब तीब्र आर्थिक विकास: प्रम देउवा

कमलदेव भट्टराई

नयाँ दिल्ली — लामो समयको नीतिगत डेडलक र अस्थिरतापछि नेपाली आर्थिक बृद्धिको गतिमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले यसलाई गति दिनको लागि तयार रहेको बताउँदै नेपालसँग सहकार्य गर्न भारतीय व्यापारीलाई आग्रह गरेका छन् ।

नेपालमा व्यापार गर्न, रोजगारी सिर्जना गर्नको लागि म आग्रह गर्दछु । ‘म दुवै देशका व्यापारी तथा उद्योगीलाई सँगै काम गर्नको लागि आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भने । भारतको पाँच दिने राजकीय भ्रमणमा आएका प्रधानमन्त्री देउवाले दिल्लीमा नेपाली तथा भारतीय उद्योगी एवं व्यापारीहरुलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

 उनले दुई वर्ष अगाडि प्रगतिशील संविधान जारी गरेर लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेको बताउँदै राजनीतिक उपलब्धपछि नेपाल अगाडि बढ्न चाहिरहेको बताए । प्रधानमन्त्री देउवाले यस घडीमा अब नेपाल तीव्र आर्थिक विकासको गतिमा बढ्न चाहेको समेत बताए ।

उनले नेपाल लगानीको लागि खुला रहेको समेत बताए । ‘नेपालका राजनीतिक दलहरुकोबीचमा यतिबेला एकैखाले धारणा रहेको छ कि मुलुक आर्थिक हिसाबले निकै संवेदनशील अवस्थामा छ । हामी यो अवसरलाई गुमाउन चाहँदैनौं,’ देउवाले भने । प्रधानमन्त्रीले भारत र चीन विश्वको आर्थिक शक्तिको रुपमा उदाइरहेको सन्दर्भमा पर्यटन, व्यापारी तथा लगानीकर्ताहरुको लागि मेल्टिङ पट बन्न सक्ने बताए ।

 प्रधानमन्त्री देउवाले नेपालले अर्को आर्थिक सुधारको युग सुरु गर्न लागेको बताए । ‘सन् १९९० को दशको सुरुआतमा हामीले अर्थतन्त्रलाई गति दिनको लागि केही बोल्ड नीतिहरु लियौं । मेरो पहिलो कार्यकालमा हामीले भ्याटको कार्यान्वयन गर्‍यौं जुन भारतले अहिले भर्खरै कार्यान्वयन गरिएको वस्तु तथा सेवा करजस्तै हो,’ देउवाले भने । प्रधानमन्त्री देउवाले पछिल्लो केही महिनामा नेपालले केही नीतिगत तथा अन्य निर्णयहरु लिएको बताए ।

 देउवाले अरुण तेस्रो तथा माथिल्लो कर्णाली परियोजनालाई अगाडि बढाउन लगानी बोर्डले सहजीकरण गरिरहेको बताए । देउवाले सन् २०३० भित्र नेपाललाई मध्य आय भएको मुलुक बनाउने लक्ष्य लिइएको समेत जानकारी दिए ।

प्रकाशित : भाद्र ८, २०७४ ०८:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT